धनगढी प्रिमियर लिगमा आज दुई खेल हुने • Image Khabar Image Khabar


धनगढी प्रिमियर लिगमा आज दुई खेल हुने


Imagekhabar
१८ चैत्र २०७४, आईतवार १०:३१

धनगढी प्रिमियर लिगमा आज दुई खेल हुने

कैलाली, चैत १८ । धनगढीमा जारी धनगढी प्रिमियर लिग क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

प्रदेश नम्बर ७ को प्रहरी खेल मैदानमा हुने प्रतियोगिताअन्तर्गत पहिलो खेलमा रुपन्देही च्यालेन्जर्स र सिवाईसी अत्तरीया खेल्दैछन् ।

रुपन्देही च्यालेन्जर्स शक्ति गौचन तथा सिवाईसी अत्तरीया सुवास खकुरेलको कप्तानीमा मैदानमा उत्रेको छ ।

दोस्रो खेलमा महेन्द्रनगर युनाईटेड र विराटनगर किङस प्रतिस्पर्धा गर्दैछन ।

महेन्द्रनगर युनाईटेड विनोद भण्डारीको तथा विराटनगर किङ्स पारस खडकाको कप्तानीमा उत्रनेछ ।

प्रतिक्रिया दिनुहोस्