
जितका लागि विराटनगरले एक सय ६९ रनको चुनौती पछ्याउने क्रममा १९ ओभरमा एक सय ३५ रनमा अलआउट भयो । विराटनगरका लागि पृथु बास्कोटाले ३५ तथा हङ्गकङ्गका खेलाडी बाबर हायतले १० बलमा ३२ रन बनाए् ।
अविनाश कर्णले ३ तथा भुवन कार्की, रोबेन क्षेत्री र भारतीय खेलाडी पुनित मेहराले समान २/२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको महेन्द्रनगरले ५ विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो ।
महेन्द्रनगरका लागि म्यान अफ द म्याच अलराउण्डर पुनित मेहराले १८ बलमा अविजित रहँदै ३८ तथा कप्तान विनोद भण्डारीले ३५ रन बनाए ।
प्रतिक्रिया दिनुहोस्