नामिबियाको विन्डहोकस्थित अफिज पार्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई १३९ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा ओमानले ३५ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । प्रतियोगितामा दुई खेल खेलेको नेपालको यो पहिलो हार हो । बिहीबार भएको पहिलो खेलमा नेपालले नामिबियालाई एक विकेटले पराजित गरेको थियो ।…