
चौतारास्थित टुँडिखेलमा भएको उद्घाटन खेलमा एन्फा यु–१६ ले चौतारा युवा क्लबलाई ८–१ को फराकिलो अन्तरले पराजित गर्यो ।
खेलमा एन्फाका तर्फबाट कार्लोस बाख्रेलिड एक्लैले चार गोल गरे भने अशोक किङरिङले दुई गोल गरे ।
चौताराका तर्फबाट अंकित राजथलाले एक सान्त्वना गोल फर्काए ।
खेलको ‘म्यान अफ दी म्याच’ एन्फाकै कार्लोस घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पुरस्कार पाए ।
चौताराकै ‘तोप एक्काइस’को आयोजनामा सन्चालित प्रतियोगितामा कुल १७ ओटा टिमको सहभागिता रहेको छ । जसमा पाँच टिम जिल्लाबाहिरका रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई ४२ इन्चको टेलिभिजन दिइने जनाइएको छ ।
प्रतियोगिताको फाइनल खेल यही चैत ३० गते हुनेछ ।
प्रतियोगिताको मंगलबारै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्