
विराटनगरस्थित शहीद रंगशालामा सोमबार साँझ भएको खेलमा मोरङ–११ लाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो । टाईब्रेकरमा झापाका कप्तान योगेश गुरुङ, विश्वास श्रेष्ठ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र माइकल लाइजेलले गोल गरे ।
मोरङका तर्फबाट कप्तान दिपक राई, अशोक खवास र बुद्धिमान राईको प्रहारमात्रै जाली चुम्यो ।
साईमान लिम्बूको प्रहार बाहिरिँदा मोरङ स्तब्ध बन्न पुग्यो ।
खेलको म्यानअफ दि म्याच झापाका अवुवकर याकुव घोषित भए ।
प्रतियोगिताअन्तर्गत आज हुने खेलमा संकटा क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्ने छन् ।
प्रतिक्रिया दिनुहोस्