१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


धनगढीको दोस्रो जितमा महेन्द्रनगरको पहिलो पराजय


0
Shares

                                                                  तस्वीर : रासस

धनगढीमा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रनको योगफल खडा गर्‍यो । महेन्द्रनगरका लागि भारतीय खेलाडी पुनित मेहराले सर्वाधिक ४० रनको योगदान गर्दा भुवन कार्कीले ३२ रन जोडे ।

बलिङतर्फ म्यान अफ द म्याच घोषित धनगढीका ललितसिंह भण्डारीले ४ विकेट लिए । जवाफमा १३२ रनको लक्ष्य धनगढीले २ ओभर बाँकी छँदै मात्र २ विकेट गुमाउँदै पुरा गर्‍यो ।

धनगढीलाई जिताउन ओपनर सुनिल धमलाले नटआउट ४६ तथा रोहन मुस्तफाले ३९ रनको योगदान गरे ।

जारी प्रतियोगितामा तीन खेल खेलेको धनगढीको यो दोस्रो जित हो भने २ खेल खेलेको महेन्द्रनगर युनाइटेडको यो पहिलो हार हो ।

प्रतियोगितामा भोलि विराटनगर किङ्स र रुपन्देही च्यालेन्जर्स तथा सिवाइसी अत्तरिया र काठमाडौं गोल्ड भिड्ने छन् ।