पोखरामा ३५ वर्षपछि आयोजित भारोत्तोलनको महिला ४८ केजी तौल समूहको क्लिन एन्ड जर्कमा राईले बुधबार ६६ केजी तौल उठाउँदै १२ वर्षअघि वीरगन्जमा नीता थापाले राखेको राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । स्न्याचतर्फ ५२ केजी उचालेकी राईले समग्रमा भने थापाको ११८ केजीको कीर्तिमान बराबरीमात्रै गरेकी छन् । गत वर्ष दुईओटा प्रतियोगितामा रजतपदकमा खुम्चिएकी राईले तेस्रो प्रयासमा भने…