तेक्वान्दो टोली आज बैंकक जाँदै • Image Khabar Image Khabar


तेक्वान्दो टोली आज बैंकक जाँदै


Imagekhabar
१६ चैत्र २०७४, शुक्रबार ०७:२८

तेक्वान्दो टोली आज बैंकक जाँदै

पुरुषको ४४ केजीमा कुशल श्रेष्ठ, ५४ केजीमा बसन्त तामाङ, ५३ केजीमा राहुल गुरुङ, ३६ केजीमा आर्जेश सिम्खडा, २८ केजीमा अर्पण पाण्डे, ३७ केजीमा सौरव बस्नेत, २६ केजीमा मुकेश पाण्डे तथा पुम्सेमा शुभ सुवेदी र राजेन्द्र डंगोलले प्रतिश्पर्धा गर्नेछन् ।

त्यस्तै, महिला ३९ केजीमा नम्रता कँडेल र पुम्सेमा माया पाण्डेले प्रतिस्पर्धा गर्नेछन् ।

टोलीको मुख्य प्रशिक्षकमा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष अशोक खड्का र सहायक प्रशिक्षकमा राजकुमार ठकुरी तथा व्यवस्थापकमा विशाल कँडेल छन् ।

टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेलले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता मार्च ३१ देखि अप्रिल १ तारिखसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्