२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘नेपाली फुटबल दुर्घटनामा पर्नबाट तत्कालका लागि जोगियो’


0
Shares

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले नेपाली फुटबलमाथि एसियन फुटबल महासंघ (एएफसी)ले लगाउनसक्ने प्रतिबन्ध तत्कालका लागि टरेको बताए ।

एन्फाको नयाँ नेतृत्वका लागि चैत १४ गते तय भएको निर्वाचन पाटन उच्च अदालतले तत्काल नगर्न आदेश दिएसँगै स्थगित भएको थियो ।

पटक–पटक तोकिएको समयमा एन्फा निर्वाचन हुन नसकेपछि एन्फालाई प्रतिबन्ध लगाउनेसम्मको तयारी गर्दै एएफसीका प्रतिनिधि नेपाल आएका थिए ।

अध्यक्षका उम्मेदवार शेर्पाले एन्फाको संस्थापन पक्षसहित आफूहरुको विशेष अनुरोधमा एएफसीले अन्तिम अवसर दिएको भन्दै अब सबै मिलेर निर्वाचन हुने वातावरण बनाउँदै नेपाली फुटबललाई दुर्घटना हुनबाट जोगाउनुपर्ने बताए ।

एन्फाको नयाँ नेतृत्वका लागि कर्माछिरिङ शेर्पा र मणि कुँवरबीच प्रतिस्पर्धा हुने तय भएको छ ।