२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अघि बढाइयो


0
Shares

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले रंगशाला निर्माणका लागि शनिबार प्राविधिक टोलीसहित आवश्यक जग्गाको निरीक्षण गरेका छन् ।

मुख्यमन्त्री पौडेलले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित १२४ रोपनी क्षेत्रफलमा रहेको सार्वजनिक जग्गाको निरीक्षण गरेका हुन् ।

धुर्मुस–सुन्तली फाउन्डेसनको संयोजनमा प्रदेश–३ सरकारले निर्माण गर्न लागेको क्रिकेट रंगशालाका लागि प्रदेश सरकारले सक्रियता देखाएको हो ।

प्राविधिक टोलीले दिने प्रतिवेदनका आधारमा रंगशाला निर्माणकार्य सुरु गरिने मुख्यमन्त्री पौडेलले बताए ।