२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई पन्छाउँदै थ्री स्टार फाइनलमा


0
Shares

आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई १–० गोल अन्तरले हराउँदै थ्री स्टारले फाइनलको यात्रा तय गरेको हो ।

खेलमा थ्री स्टारलाई जित दिलाउन बुद्ध चेम्जोङले एक गोल गरेका हुन् ।

आइतबारको खेलसँगै सेमिफाइनल समिकरण खेल पूरा भएको छ ।

सोमबार हुने फाइनल खेल मनाङ मर्स्याङ्दी युवा क्लव र थ्री स्टार क्लवबीच हुने छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश ५ को आयोजनामा संचालित प्रतियोगितामा तीन विभागीय र मलेसियाको हिमालयन फुटवल क्लवसहित १० टिमको सहभागिता छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद १५ लाख, द्वितीय हुनेले नगद ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।