शनिबार भएको फाइनल भिडन्तमा थ्रीस्टार क्लबलाई १–० ले हराउँदै पुलिसले उपाधि उचालेको हो । पुलिसको जितमा राम वाजीले अतिरिक्त समयमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उपाधिसँगै पुलिसले ७ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको थ्रीस्टारले तीन लाख ५१ हजारमा चित्त बुझायो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो…