इंग्ल्यान्डको म्यानचेस्टर सहरमा शुक्रबार राति भएको खेलमा अर्जेन्टिनाले इटालीलाई २–० ले हराएको हो । ७५ मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेको खेलमा अर्जेन्टिनाका लागि बेनेगाले पहिलो गोल गरे । त्यसको १० मिनेटपछि लान्जिनीले अर्को गोल थप्दै टोलीको जित निश्चित गरेका थिए । उता, पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोको २ गोल मद्दतमा इजिप्टलाई २–१ ले हराएको हो…