नेपाल गोजुरियो कराँते डो संघ शाखा डोजो कपनको आयोजनामा कपनस्थित साम्तेन मेमोरियल स्कुलको प्रांगणमा हुने उक्त प्रतियोगितामा महिला तथा पुरुषका सिनियर र जुनियर गरी विभिन्न २८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता संयोजक तथा प्रशिक्षक दीपक लामाकाअनुसार दुईदिने प्रतियोगितामा उपत्यका र उपत्यकाबाहिरबाट गरी ३०० बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ८ लाख रुपैयाँ खर्च अनुमान गरिएको उक्त…