२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आइसीसीद्वारा १०४ राष्ट्रलाई टी–२० मान्यता, च्याम्पियन्स ट्रफी खारेज


0
Shares

आइसीसीको भारतको कोलकातामा बसेको बोर्ड बैठकले आइसीसीमा आवद्ध सबै १०४ राष्ट्रलाई नै टी–२० को मान्यता दिने निर्णय गरेको हो ।

आइसीसीका सीइओ डेभिड रिचर्डसनले महिला टिमलाई सन् २०१८ को जुलाई १ तारिखदेखि र पुरुष टिमलाई सन् २०१९ को जनवरी १ तारिखदेखि अन्तर्राष्ट्रिय मान्यता दिइने निर्णय भएको बिहीबार बताए । उनले सबै टिमलाई समान अवसर दिन यो निर्णय गरिएको जनाए ।

च्याम्पियन्स ट्रफी खारेज
यस्तै, आइसीसीले च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता खारेज गरेको छ ।

सन् २०१९ देखि २०२३ सम्मका भावी कार्यक्रम सार्वजनिक गर्दै आइसीसीले सन् २०२० र २०२१ मा लगातार विश्वकप टी–२० गर्नेछ ।

२०२१ को विश्वकप भने च्याम्पियन्स ट्रफीको सट्टामा गरिने पनि आइसीसीले जनाएको छ ।

नयाँ कार्यक्रमकारुपमा आइसीसी विश्व टेस्ट क्रिकेट च्याम्पियनसिप २०१९ र २०२३ मा हुनेछ ।

क्यानको पछिल्लो गतिविधिकाबारेमा जानकारी
आइसीसी बैठकमा नेपाल क्रिकेट संघ (क्यान)को पछिल्लो गतिविधिकाबारेमा पनि जानकारी गराइएको छ ।

क्यानको निर्वाचित समितिले गरेको विशेष साधारणसभाबाट पारित भएको संशोधित विधानपछि अब यसमै आधारित रहेर निर्वाचन गर्नुपर्नेछ ।

आइसीसीको अर्को बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्ने सम्भावना छ ।