२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


आइटीएफ टेनिस च्याम्पियनसिपको छनोट सुरु


0
Shares

अल नेपाल लनटेनिस एसोसिएसन कम्प्लेक्स सातदोबाटोमा सुरु भएको प्रतियोगितामा पुरुषतर्फ नेपाल, भारत, पाकिस्तान, श्रीलंका र भुटानका खेलाडीले प्रतिस्पर्धा गर्दा महिलातर्फ नेपाल, भारत, श्रीलंका र भुटानका खेलाडी सहभागी छन् ।

आगामी शुक्रबारसम्म चल्ने प्रतियोगितामा नेपालबाट पुरुषतर्फ आरभ सम्राट हाडा, अकी रावत र प्रनभ मानन्धरले प्रतिस्पर्धा गर्दा महिलातर्फ शिभाङ्गीलक्ष्मी शाह, आजा रेग्मी र आयसा डेल्कर गुरुङ सहभागी छन् ।

प्रतियोगितामा उत्कृष्ट हुने दुई राष्ट्रले आगामी नोभेम्बरमा काजखिस्तानमा आयोजना हुने एसियन टेनिस च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन् ।