आईपिएल क्रिकेट : राजस्थान र चेन्नई विजयी • Image Khabar Image Khabar


आईपिएल क्रिकेट : राजस्थान र चेन्नई विजयी


Imagekhabar
१० बैशाख २०७५, सोमबार ०८:०१

आईपिएल क्रिकेट : राजस्थान र चेन्नई विजयी

हैदरावाद, वैशाख १० । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गएराति राजस्थान रोयल्स र चेन्नाई सुपर किङ्स विजयी भएका छन् ।

हैदरावादमा भएको खेलमा पाहुना टोली चेन्नईले सनराईजर्स हैदरावादलाई ४ रनले हरायो । खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १८२ रन बनायो ।

उसका लागि अम्बाती रायुडुले ७९ रन तथा सुरेश रैनाले अविजित ५४ रन जोडे ।

जवाफमा १८३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १७८ रनमात्रै बनाउन सक्यो ।

हैदरावादका सुरुवाती ब्याट्सम्यान केन विलियम्सनले ८४ रन जोडे पनि टोलीलाई विजयी गराउन भने सकेनन् ।

आईपिएल क्रिकेटकै अर्को खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ३ विकेटले हराएको छ । खेलमा मुम्बईले दिएको १६७ रनको लक्ष्य राजस्थानले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गर्‍यो ।

आईपिएल क्रिकेटमा आज दिल्ली डेयरडेभिल्स र किङ्स इलेभेन पञ्जाव भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्