एफए कपको फाइनलमा चेल्सी, उपाधिका लागि म्यान्चेस्टर युनाइटेडसँग भिड्ने • Image Khabar Image Khabar


एफए कपको फाइनलमा चेल्सी, उपाधिका लागि म्यान्चेस्टर युनाइटेडसँग भिड्ने


Imagekhabar
१० बैशाख २०७५, सोमबार ०७:३८

एफए कपको फाइनलमा चेल्सी, उपाधिका लागि म्यान्चेस्टर युनाइटेडसँग भिड्ने

काठमाडौं, वैशाख १० । साउथ ह्याम्पटनलाई हराउँदै चेल्सी एफए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

गएराति वेम्बले रंगशालामा भएको सेमिफाइनल खेलमा चेल्सीले साउथह्याम्पटनलाई २–० ले हरायो । खेलमा चेल्सीलाई विजयी गराउन ओलिभर जिरु र अल्भारो मोराटाले एक–एक गोल गरे ।

जितसँगै चेल्सीले म्यान्चेस्टर युनाईटेड विरुद्धसँग उपाधि भिडन्त तय गरेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा टोटनह्याम हट्सपरलाई पाखा लगाउँदै म्यान्चेस्टर युनाईटेड फाइनलमा पुगेको थियो ।

फाइनल खेल आगामी मे १९ तारिखमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्