
मंगलबार इलामको ठूलो टुँडीखेलमा भएको दोस्रो क्वार्टरफाइनल खेलमा झापा–११ लाई २–१ ले हराउँदै सशस्त्र अन्तिम चारमा पुगेको हो ।
झापा–११ अघिल्ला दुई संस्करणमा लगातार प्रतियोगिताको विजेता बनेको थियो ।
खेलमा पहिलो हाफमा कुनै गोल भएन । ५४औं मिनेटमा सशस्त्रका कप्तान नवीन लामाले गोल गर्दै खाता खोलेका थिए । लगत्तै खेलको ५६औं मिनेटमा झापाका भूषण सुब्बाले बराबरी गोल फर्काए ।
सशस्त्रका युवराज खड्काले खेलको ६५औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप कुनै गोल नहुँदा सशस्त्र सेमिफाइनलमा पुग्यो भने झापाको यात्रा टुंगियो ।
सशस्त्रका नवीन लामा खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।
प्रतियोगिताअन्तर्गत् बुधबार त्रिभुवन आर्मी क्लब र भारतको सिक्किम युनाइटेड फुटबल क्लब आमने–सामने हुनेछन् ।
१२ टिम सहभागी वैशाख १७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ६ लाख ६६ हजार ६६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्