पहिलोपटक युरोपा लिग खेलिरहेको आर्सनलले जर्मनीको एफसी कोलोनलाई ३–१ ले पराजित गरेको हो । बिहीबार राति सम्पन्न खेलमा आर्सनललाई विजयी गराउन सिड कोलासिनाच, एलेक्सिस सान्चेज र हेक्टर बेलेरिनले एक–एक गोल गरे । युरोपा लिगअन्तर्गत् नै बिहीबार राति भएका अरु खेलमा इटालियन क्लब एसी मिलानले अष्ट्रिया भेनेमालाई ५–१ को फराकिलो अन्तरले हराउँदा रियल सोसिडाडले रोजेनबर्गलाई ४–०…