नेपाल ६ स्थान तल झर्दै १७५औं स्थानमा पुगेको हो । यसै महिनामा घरेलु मैदानमा नै सम्पन्न एसियन कप छनोटअन्तर्गत् ताजकिस्तानविरुद्वको खेलमा पराजय भोगेको नेपाल फिफा वरीयतामा पनि खस्केको छ । त्यतिबेला नेपाल ताजिकस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।
त्यसैगरी, दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत पनि १० स्थान तल झर्दै १०७औं स्थानमा पुगेको छ ।
माल्दिभ्स १२ स्थान तल झर्दै १५४औं स्थानमा रहेको छ भने भुटान ९ स्थान खस्कँदै १७४औं स्थानमा छन् ।
बंगलादेश सात स्थान तल झर्दै १९६औं स्थानमा, एक स्थान तल झरेको श्रीलंका १९८औं स्थानमा तथा पाकिस्तान २००औं स्थानमा यथावत् छ ।
फिफा वरीयतामा जर्मनी शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो तथा अर्जेन्टिना चौथो स्थानमा छन् । रासस









प्रतिक्रिया दिनुहोस्