पहिलोपटक युरोपा लिग खेलिरहेको आर्सनलले जर्मनीको एफसी कोलोनलाई ३–१ ले पराजित गरेको हो ।
बिहीबार राति सम्पन्न खेलमा आर्सनललाई विजयी गराउन सिड कोलासिनाच, एलेक्सिस सान्चेज र हेक्टर बेलेरिनले एक–एक गोल गरे ।
युरोपा लिगअन्तर्गत् नै बिहीबार राति भएका अरु खेलमा इटालियन क्लब एसी मिलानले अष्ट्रिया भेनेमालाई ५–१ को फराकिलो अन्तरले हराउँदा रियल सोसिडाडले रोजेनबर्गलाई ४–० ले हरायो ।
यस्तै, इंग्लिस क्लब एभर्टन एटालान्टसँग ३–० ले पराजित हुँदा स्पेनिस क्लब एथ्लेटिको बिल्बाओले हर्थासँग गोलरहित बराबरीमा चित्त बुझायो ।










प्रतिक्रिया दिनुहोस्