Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


सन् २०२४ र ०२८ को ओलम्पिक पेरिस र लस एन्जलसमा


0
Shares

आईओसीको बुधबार बसेको वैठकले फ्रान्सको राजधानी पेरिसलाई २०२४ को ओलम्पिक आयोजनाको जिम्मा दिएको हो ।

यसैगरी अमेरिकी शहर लस एन्जलसले २०२८ को ओलम्पिक आयोजना गर्ने अख्तियारी पाएको छ ।

यसअघि पेरिस र लस एन्जलस दुवै शहरले २०२४ को ओलम्पिक आयोजना गर्ने दावी गरेका थिए ।

तर पछि आआईओसीकै सुझाव अनुसार लस एन्जलस ४ वर्ष पछि ओलम्पिक आयोजना गर्न तयार भएपछि आईओसीलाई निर्णय गर्न सहज भएको हो ।

पेरिसले यसअघि सन् १९२४ मा ओलम्पिक खेल आयोजना गरेको थियो भने लस एन्जलसले १९३२ र १९८४ मा ओलम्पिक गेम्स आयोजना गरेको थियो ।

तीन वर्षपछि सन् २०२० को ओलम्पिक खेल भने जापानको टोकियोले आयोजना गर्दैछ ।