गएराति ईटालियन क्लब एसी मिलानको मैदान सान सिरोमा भएको प्रि–क्वाटरफाईनल पहिलो लेगको खेलमा आर्सनललाई विजयी गराउन हेन्रिक मख्तरियान र आरोन राम्सेले एक–एक गोल गरे । पहिलो लेगमा २–० को अग्रता लिएसँगै आर्सनलले युरोपा लिगको क्वाटरफाईनल पुग्ने सम्भावना बलियो पारेको छ । युरोपा लिग फुटबलअन्तर्गत प्रि–क्वाटरफाईनल पहिलो लेगका अन्य खेलहरुमा स्पेनको एथ्लेटिको मड्रिडले रुसको लोकोमोटिभ मस्कोलाई…