एन्फाले आज नयाँ नेतृत्व पाउने, अध्यक्षका उम्मेदवार मणि कुँवरले भाग नलिने • Image Khabar Image Khabar


एन्फाले आज नयाँ नेतृत्व पाउने, अध्यक्षका उम्मेदवार मणि कुँवरले भाग नलिने


Imagekhabar
२२ बैशाख २०७५, शनिबार ११:५८

एन्फाले आज नयाँ नेतृत्व पाउने, अध्यक्षका उम्मेदवार मणि कुँवरले भाग नलिने

काठमाडौं, बैशाख २२ । अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुने भएको छ ।

अध्यक्ष, चार उपाध्यक्ष र १० सदस्यका लागि आज निर्वाचन हुन लागेको हो ।

त्यसका लागि ४५ जिल्ला, २८ क्लब तथा खेलाडी, प्रशिक्षक, महिला र रेफ्रिका गरी चार संघका गरी ७७ मतदाता छन् ।

यसैबीच आज हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार मणि कुँवरले भाग नलिने घोषणा गरेका छन् ।

एन्फाका बरिष्ठ उपाध्यक्ष समेत रहेका कुँवरले विधि विधान विपरित निर्वाचन हुन लागेकाले आपूm निर्बाचनमा भाग नलिने निर्णयमा पुगेको बताए ।

यस्तै, कुँवर प्यानलबाट उपाध्यक्ष पदका उमेदवार रहेका गणेशबहादुर चन्दले पनि निर्बाचनमा भाग नलिने भएका छन् ।

कुँवरले आफ्नो प्यानलबाट अन्य पदका उमेदवारहरु को कसले भाग लिने भन्ने समेत टुंगो नलागेको बताए ।

पटक पटक सर्दै आएको एन्फा निर्बाचन पछिल्लो पटक गत चैत १४ गते हुने तय भएकोमा भक्तपुर र मकुवानपुर जिल्ला फुटबल संघले पाटन उच्च अदालतमा मुद्धा हालेपछि स्थगित भएको थियो ।

उक्त मुद्धा मिलेसँगै बैशाख २२ गतेलाई नयाँ निर्वाचन मिति तोकिएको हो ।

अध्यक्ष पदका लागि कुँवर र कर्मा छिरिङ शेर्पा मैदान देखिएकोमा कुँवर चुनावमा भाग नलिने भएपछि शेर्पा निर्विरोध हुने सम्भावना बढेको छ ।

परिवर्तन पक्षधर कर्माछिरिङ शेर्पा र संस्थापन पक्ष कुँवरले आ–आफ्नो प्यानलसहित १७ सदस्यीय कार्यसमितिको निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्