वेष्ट ब्रोमसँग टोटनह्याम पराजित, आज लिभरपुल र चेल्सी भिड्ने • Image Khabar Image Khabar


वेष्ट ब्रोमसँग टोटनह्याम पराजित, आज लिभरपुल र चेल्सी भिड्ने


Imagekhabar
२३ बैशाख २०७५, आईतवार ०८:३१

वेष्ट ब्रोमसँग टोटनह्याम पराजित, आज लिभरपुल र चेल्सी भिड्ने

काठमाडौं, बैशाख २३ । इङ्गलिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरलाई वेष्ट ब्रोमले १-० ले हराएको छ ।

गएराति भएको खेलको अन्तिम मिनेटमा वेष्ट ब्रोमका जेक लिभरमुरले गरेको एक गोल नै निर्णायक बन्यो ।

प्रिमियर लिगकै अन्य खेलमा क्रिष्टल प्यालेसले स्टोक सिटीलाई २-१ ले हराउँदा वेष्ट ह्याम युनाईटेडले लेस्टर सिटीलाई २-० ले पराजित गर्‍यो ।

यसैगरी बर्नमाउथले स्वान्सी सिटीलाई १-० ले तथा वाट्फोर्डले न्युकासल युनाईटेडलाई २-१ ले पाखा लगाए । एभर्टन र साउथह्याम्पटनले भने १-१ गोलको बराबरी खेलेका छन् ।

इङ्लिस प्रिमियर लिग फुटबलमा आज राती तीन खेल हुनेछन् ।

लिभरपुल र चेल्सी आमने सामने हुँदा च्याम्पियन म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनसँग खेल्नेछ । यसैगरी आर्सनलको भिडन्त बर्न्लेसँग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्