गएराति आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड २–१ ले पराजित भयो । पहिलो लेगमा गोलरहित बराबरी खेलेको म्यान्चेस्टर युनाईटेड दोस्रो लेगमा पराजित भएसँगै प्रतियोगिताबाटै बाहिरिएको हो । खेलमा सेभियालाई विजयी गराउन दुबै गोल बेन एडरले गरे । म्यान्चेस्टर युनाईटेडका रोमेलु लुकाकुले एक गोल फर्काए । गएराति भएको अर्को खेलमा युक्रेनको शख्तरलाई हराउँदै ईटालीको…