बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टारले मनाङ–मर्स्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । पुलिस भने बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजिक टिम रुपन्देही–११ लाई हराउँदै फाइनलमा पुगिसकेको छ । बिहीबारको खेलको २३औं मिनेटमा विदेशी खेलाडी फोलोरेक्सको गोलबाट मनाङले सुरुआती अग्रता बनाएको थियो । तर, त्यसलाई कायम राख्न सकेन । मनाङको अग्रतालाई थ्रीस्टारले…