
काठमाडौं, बैशाख ३१ । यो सिजनको इङ्गलिस प्रिमियर लिग फुटबल सकिएको छ ।
अन्तिम दिनका खेलहरुपछि स्वान्सी सिटी रेलिगेशनमा परेको छ भने लिभरपुलले चौथो स्थानमा लिग सकाउँदै अर्का वर्षको च्याम्पियन्स लिगमा ठाँउ बनाएको छ ।
यसैगरी लिभरपुलका इजिप्सियन खेलाडी मोहोमद सालाह प्रिमियर फुटबलको एकै सिजनमा सर्वाधिक ३२ गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
सिजनको अन्तिम खेलमा ब्राइटनलाई ४-० ले हराँउदै लिभरपुल आगामी सिजनको च्याम्पियन्स लिगमा छनौट भएको हो ।
यो सिजनको च्याम्पियन्स लिगको फाइनलमा भने लिभरपूलले रियाल मड्रिडको सामना गर्दैछ ।
गएराती ब्राईटन विरुद्ध लिभरपुललाई विजयी गराउन मोहम्मद सलाह, डेजान लोभ्रेन, डोमिनिक सोलाङ्के र एण्ड्रिउ रोबर्ट्सनले एक एक गोल गरे ।
प्रिमियर लिगको अन्तिम दिनको खेलमा चेल्सीलाई न्युकासल युनाइटेडले ३-० ले हराँउदा च्याम्पियन म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई १-० ले पराजित भयो ।
यसैगरी दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडले वाट्फोर्डलाई १-० ले हराँउदा टोटेनह्याम हट्सपरले लेस्टर सिटीलई ५-४ ले पराजित गर्यो ।
अन्तिम दिनको खेलमा स्टोक सिटीसँग आफ्नै मैदानमा २-१ ले पराजित हुँदै स्वान्सी सिटी रेलीगेशनमा परेको छ ।
यसपटक प्रिमियर लिगको पुछारमा रहेका तीन टोलीहरु स्वान्सी सिटी, वेष्ट ब्रोम र स्टोक सिटी दोस्रो श्रेणीको फुटबल च्याम्पियनसिपमा घटुवा भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्