त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार भएको पुरुष फाइनलमा सनीले प्रदेश नम्बर–४ का मदन क्षत्रीलाई पराजित गरे । नेपाल क्योकुसिन कराँते डो संघ बज्रद्वारा आयोजित प्रतियोगिताको महिला खुलमा च्याम्पियन बनेकी मन्जुले प्रतिद्वन्द्वी प्रदेश नम्बर–४ की ममता राईबाट ‘वाकओभर’ पाइन् । ममता ‘मेडिकल्ली डिस्क्वालिफाई’ भएपछि मन्जुलाई स्वर्ण जित्न प्रतिस्पर्धा गर्नुपरेन । प्रतियोगितामा आर्मीले सर्वाधिक तीन स्वर्ण…