‘ए’ डिभिजन लिग फुटबल असोज १३ देखि हुने, १४ टोलीले माघ १६ गतेसम्म खेल्ने • Image Khabar Image Khabar


‘ए’ डिभिजन लिग फुटबल असोज १३ देखि हुने, १४ टोलीले माघ १६ गतेसम्म खेल्ने


Imagekhabar
२ जेष्ठ २०७५, बुधबार १९:१२

‘ए’ डिभिजन लिग फुटबल असोज १३ देखि हुने, १४ टोलीले माघ १६ गतेसम्म खेल्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)बाट पूर्वराष्ट्रिय खेलाडी एवं पूर्वएआइजी विज्ञानराज शर्माको संयोजकत्वमा गठित लिग समितिले चरणबद्धरुपमा क्लबहरुसँग गरेको छलफलपछि असोज १३ गतेदेखि रोकिएको लिग सुरु गर्ने निर्णय गरेको हो ।

माघ १६ गतेसम्म हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले सहभागिता जनाउनेछन् ।

सो समितिले हरेक क्लबमा बढीमा ३५ र कम्तीमा १८ खेलाडी दर्ता हुनसक्ने जनाएको छ ।

विदेशी खेलाडीको हकमा एउटा क्लबले चारजनासम्म राख्न पाउने र एकपटकमा बढीमा तीनजनामात्र मैदानमा खेलाउन पाउने नियम समितिले बनाएको छ ।

खेलाडी दर्ता आगामी भदौ १५ गतेदेखि हुने एन्फाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्