पारस खड्का उत्कृष्ट पुरुष खेलाडी घोषित, सन्दीप वर्षको उत्कृष्ट युवा खेलाडी • Image Khabar Image Khabar


पारस खड्का उत्कृष्ट पुरुष खेलाडी घोषित, सन्दीप वर्षको उत्कृष्ट युवा खेलाडी


Imagekhabar
३ जेष्ठ २०७५, बिहीबार १९:३७

पारस खड्का उत्कृष्ट पुरुष खेलाडी घोषित, सन्दीप वर्षको उत्कृष्ट युवा खेलाडी

मञ्चले बिहीबार राजधानीमा एक कार्यक्रम गरी उत्कृष्ट खेलाडी घोषणा र अवार्ड वितरण गरेको हो ।

क्रिकेटले वर्चश्व कायम गरेको यो वर्षको अवार्डमा क्रिकेटकै सन्दीप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भए ।

यसैगरी, वर्षको उत्कृष्ट महिला खेलाडीमा ब्याडमिन्टनकी शोभा गौचनले बाजी मार्दा हिमाल अर्याल ‘पारा एथ्लिट अफ द इयर’ अवार्डबाट सम्मानित भए ।

पल्सर स्पोर्टस अवार्ड २०७४ अन्तर्गत् पब्लिक च्वाइस अवार्ड टेबलटेनिसका स्यान्टु श्रेष्ठले जित्दा वर्षको उत्कृष्ट प्रशिक्षक क्रिकेटका जगत टमाटा घोषित भए ।

यो वर्ष ‘लाइफटाइम अचिभमेन्ट’ अवार्डबाट फुटबल ‘लिजेन्ड’ अशोक केसी सम्मानित भए ।

यस्तै, ‘स्पेसल अवार्ड’ नेपाललाई डिभिजन–२ बाट एकदिवसीय टोली बनाउने मार्ग खुलाएका क्रिकेटका करण केसीलाई प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्