विश्वकप छनोट क्रिकेट प्रतियोगिताबाट एक दिवसीय अन्तर्राष्ट्रिय टोलीको हैसियत बनाएको नेपाली टोली ऐतिहासिक सफलताका साथ स्वदेश फर्किएको हो । टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, क्यानका पूर्वसीइओ भावना घिमिरेलगायतका अरु व्यक्तित्वहरु तथा सयौंको संख्यामा प्रशंसकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । विमानस्थलमा बोल्दै नेपाली टोलीका कप्तान पारस खड्काले…