२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कान्तिपुर हाफ म्याराथनको उपाधि हरिकुमार रिमाल र कान्छीमाया कोजुले जिते


0
Shares

काठमाडौं, जेठ ५ । आठौं संस्करणको कान्तिपुर हाफ म्याराथनको उपाधी पुरुषतर्फ हरिकुमार रिमाल र महिलातर्फ कान्छिमाया कोजुले जितेका छन् ।

काठमाडौंमा आज भएको म्याराथनमा होमललाल श्रेष्ठलाई पछि पार्दै पुरुषतर्फ नेपाली सेनाका रिमाल पहिलो भएका हुन् ।

यस्तै, महिलातर्फ सन्तोषी श्रेष्ठलाई पछि पार्दै एपीएफ क्लबकी कान्छिमाया केजु पहिलो भइन् ।

पुरुष र महिला दुबै तर्फका बिजेताले समान ५०/५० हजार रुपैयाँ र एक–एक थान स्कुटर हात पारे ।

यस्तै, उपविजेताले ३०/३० हजार रुपैयाँ प्राप्त गरे ।

आठौ कान्तिपुर हाफ म्याराथनअन्तर्गत ह्विलचियरतर्फ प्रेम विकलाई पछि पार्दै रामबहादुर तामाङ पहिलो भए ।

म्याराथनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।