२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


आइपिएलमा लिग चरण आज सकिंदै, सन्दीप लामिछाने पनि मैदानमा


0
Shares

नयाँ दिल्ली, जेठ ६ । भारतमा जारी आइपिएल क्रिकेटको लिग चरणको अन्तिम खेल आज हुँदैछ ।

आजका खेलसँगै प्लेअफ समिकरण पूरा हुनेछ । अहिले नेपाली युवा खेलाडी सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियन्ससँग खेल्दैछ ।

दिल्लीले टस जितेर पहिले ब्याटिङ्ग गर्दैछ । दिल्ली पहिलो चरणबाटै बाहिरिएको छ भने मुम्बईले यो खेल जित्दा प्लेअफमा पुग्ने लगभग पक्का छ ।

सन्दीप लामिछानेले यसअघिका दुई खेलमा एक–एक विकेट लिएका थिए । यो खेलले उनलाई अझ बढी खार्ने निश्चित छ ।

सन्दीप यसपछि विश्व ११ र वेष्ट इन्डिजबीचको च्यारिटी खेल खेल्न इङ्गल्याण्डको लर्डस् जानेछन् ।

आजको दोस्रो तथा लिग चरणको अन्तिम खेलमा किङ्स इलाभेन पञ्जाब र चेन्नई सुपर किङ्स भिड्ने छन् ।

चेन्नईलाई यो खेलको जितहारले फरक पार्ने छैन । चेन्नई जितले शीर्ष स्थानमा रहँदै क्लालिफायर खेल्नेछ । हारले पनि चेन्नई दोस्रो भएर क्वालिफायर नै खेल्न पाउने छ ।

तर पञ्जाबले फराकिलो जित हासिल गर्न सक्ने हो भने प्लेअफमा पुग्नेछ । त्यसअघिको मुम्बईको खेलको नतिजाले पनि उसलाई असर गर्नेछ ।

लिगमा सनराइजर्स हैदरावाद, चेन्नई र कोलकाता नाइट राइडर्स प्लेअफमा पुग्दा राजस्थान, मुम्बई र पञ्जाबमध्ये एक टिम आजका खेलबाटै प्लेअफमा पुग्ने टुंगो लाग्नेछ ।