१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


मुम्बईलाई १७५ रनको लक्ष्य, दिल्लीका लागि सन्दीपले देखाउलान् चमत्कार !


0
Shares

नयाँ दिल्ली, जेठ ६ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियन्सलाई १७५ रनको लक्ष्य दिएको छ ।

पहिला ब्याटिङ गर्दै दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७४ रन बनाएको हो । दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ६४ रन बनाए । त्यस्तै विजय शंकरले अविजित ४३ रन बनाए ।

दिल्लीका तर्फबाट नेपाली क्रिकेटर सन्दीप लामिछाने खेल्दैछन् । उनले दिल्लीको बलिङतर्फको मोर्चा सम्हाल्दै छन् ।

यसअघि दुई खेलमा उनले एक–एक विकेट लिएर किफायती रन दिएका थिए । मुम्बईविरुद्धको खेलमा उनले त्यस्तै चमत्कार दोहोर्‍याउने अपेक्षा गरिएको छ ।

आइपिएलमा उनको यो तेस्रो तथा अन्तिम खेल हो । दिल्ली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका कारण आजको खेल उसका लागि प्रतिष्ठाको विषयमात्र बनेको छ ।

मुम्बईका लागि भने जितले प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राख्छ ।