
सनसाइन महिला फुटबल क्लब मेचीनगरको आयोजनामा यही जेठ ५ देखि १२ गतेसम्म प्रतियोगिता सन्चालन हुन लागेको हो ।
महिला खेलाडीको अभाव हुन नदिन र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलमा पुर्याउनका लागि जिल्लामा पहिलोपटक महिला फुटबल प्रतियोगिता गर्न लागिएको आयोजक समिति अध्यक्ष अस्मिता खवासले जानकारी दिइन् ।
मेचीनगरस्थित ज्यामिरगढी माविको खेल मैदानमा हुने प्रतियोगितामा ८ ओटा महिला टिमको सहभागिता रहनेछ ।
विजेता र उपविजेताले क्रमशः ५५ र ३० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्