रायडुको शतकीय पारीसँगै हैदरावादमाथि चेन्नईको जित • Image Khabar Image Khabar


रायडुको शतकीय पारीसँगै हैदरावादमाथि चेन्नईको जित


Imagekhabar
३० बैशाख २०७५, आईतवार २०:०७

रायडुको शतकीय पारीसँगै हैदरावादमाथि चेन्नईको जित

पुणे, वैशाख ३० । अम्बाती रायडुको शतकीय पारीसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा चेन्नई सुपरकिंग्सले सनराइजर्स हैदरावादमाथि ८ विकेटको जित हासिल गरेको छ ।

चेन्नईले टस जितेर हैदरावादलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७९ रनको योगफल बनाएको थियो ।

हैदरावादका लागि शिखर धवनले सर्वाधिक ७९ रन बनाएका थिए । त्यस्तै केन विलियम्सनले ५१ र दीपक होडाले २१ रन बनाए ।

१८० रनको लक्ष्य पछ्याएको चेन्नईले एक ओभर बाँकी छँदै दुई विकेट गुमाएर जित हासिल गरेको हो । चेन्नईका लागि रायडुले ६२ बलमा १०० रनको अविजित पारी खेलेका थिए ।

त्यस्तै शेन वाट्सनले ५७, महेन्द्र सिंह धोनीले २० रन बनाए ।

पराजयका बाबजुद हैदरावाद १८ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ । उसले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।

चेन्नई १६ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्