
कलेजोमा समस्या देखिएपछि आइतबार साँझ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका ५० वर्षीय शाहको सोमबार साँझ ५ बजेर ४२ मिनेटमा उपचारकैक्रममा निधन भएको हो ।
निधनको पुष्टि गर्दैै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले शाहको पार्थिव शरीरलाई मंगलबार बिहान १० बजेदेखि दुई घन्टा दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि शवयात्रा गरी आर्यघाट लगिने बताए ।
सन् १९८५ मा १७ वर्षको उमेरमै दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएपछि शाहले झन्डै एक दशक नेपाली फुटबलमा दरिलो उपस्थिति जनाएका थिए ।
सन् १९९३ मा बंगलादेशको ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्णपदक जित्दा उनी टिमको महत्वपूर्ण सदस्य रहेका थिए ।
उनलाई ‘नेपाली म्याराडोना’को नामले पनि चिनिन्छ ।
प्रतिक्रिया दिनुहोस्