एन्फामा कर्माछिरिङ शेर्पा अध्यक्ष हुने पक्का, मणि कुँवरद्वारा निर्वाचनमा भाग नलिने घोषणा • Image Khabar Image Khabar


एन्फामा कर्माछिरिङ शेर्पा अध्यक्ष हुने पक्का, मणि कुँवरद्वारा निर्वाचनमा भाग नलिने घोषणा


Imagekhabar
२१ बैशाख २०७५, शुक्रबार १७:५१

एन्फामा कर्माछिरिङ शेर्पा अध्यक्ष हुने पक्का, मणि कुँवरद्वारा निर्वाचनमा भाग नलिने घोषणा

अध्यक्षका अर्का उम्मेदवार मणि कुँवरले निर्वाचनमा भाग नलिने जनाएपछि शेर्पा अध्यक्षमा निर्विरोध हुने पक्का भएको हो ।

निर्वाचन प्रक्रिया विधानसम्मत् नभएको भन्दै कुँवरले निर्वाचनमा भाग नलिने बताएका छन् ।

साफको उपाध्यक्षसमेत रहेका उनले चुनावी साधारणसभालाई अवैधानिक भन्दै भागसमेत नलिने शुक्रबार हामीसित बताए ।

कुँवरको प्यानलका उपाध्यक्षदेखि सदस्यहरुले भने निर्वाचनमा भाग लिने निर्णय भएको उपाध्यक्षका उम्मेदवार सुनील राणाले बताए ।

काठमाडौं जिल्ला अदालतमा परेको रिटबारे बिहीबार अन्तरिम आदेश जारी गर्नु नपर्ने अदालतले भनेसँगै निर्वाचन हुने भएको हो ।

तर, कुँवरले भने काठमाडौं जिल्ला अदालतले राखेपसहित विपक्षीहरुलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश दिएकाले उक्त निर्देशन कुर्ने बुझिएको छ ।

कुँवर पक्षले गत बुधबार काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय खेलकुद परिषद (राखेप), एन्फा र एन्फाको निर्वाचन समितिलाई विपक्षी बनाएर रिट दायर गरेको थियो ।

यसअघि, गत चैत १४ गतेका लागि तय भएको निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण स्थगित भएको थियो ।

१६औं साधारणसभा शनिबार बिहान
एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले एन्फाको १६औं साधारणसभा शनिबार बिहान सवा ७ बजेदेखि सानेपास्थित हेरिटेड गार्डेनमा हुने जानकारी दिएका छन् ।

साधारणसभा उद्घाटन कार्यक्रमपछि चुनावी प्रक्रिया थालिनेछ ।

चुनावी तयारी पूरा भएको निर्वाचन समिति संयोजक अधिवक्ता सुमन केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्