
शनिबार भएको क्वार्टरफाइनल खेलमा कर्णसिंङ सोनाम मेमोरियल फुटबल क्लब ताप्लेजुङलाई ४–२ ले पराजित गर्दै सुन्धाराले अन्तिम चारमा स्थान बनाएको हो ।
सुन्धाराको जितमा विशाल राईले खेलको १०औं मिनेटमा, खामिर गिल्सन कन्दङवाले २६औं मिनेटमा, कर्ण लिम्बूले ३३औं मिनेटमा र पुजन उपरकोटीले खेलको ६४औं मिनेटमा एक/एक गोल गरे ।
ताप्लेजुङका लागि खेलको ३७औं मिनेटमा दीपक लिम्बू र ७६औं मिनेटमा क्रिस राईले एक/एक गोल गरे ।
खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै सुन्धारा क्लबका निसान्त खड्काले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेता टिमले नगद ३ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको फाइनल खेल यही वैशाख २६ गते हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्