
आइतबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले म्याच फिक्सिङविरुद्धको कानुन ल्याउन सरोकारवाला निकाय, सरकार र संसदले विशेष पहल गर्नुपर्ने बताए ।
खेलाडीहरुलाई सूक्ष्म निगरानीमा राख्ने तथा अनुशासन र अपिल कमिटीहरु बनाएर खेलकुदमा हुने सबैखाले मिलेमतो रोक्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
फुटबलमा नीतिगत पारदर्शिता हुनुपर्ने भन्दै शेर्पाले आफूहरु अब त्यसैमा केन्द्रित हुने बताए ।
एन्फाको आर्थिक नियमावली बनाउने र म्याच फिक्सिङ रोक्न फिफाले बनाउँदै गरेको सफ्टवेयर प्रविधि भित्र्याउने उनको भनाइ थियो ।
सोमबार (भोलि) बस्ने एन्फा बैठकबाट तत्काल लिग सन्चालनका लागि निर्णय गर्ने जानकारी दिँदै उनले सातओटा प्रदेशमा १४ ओटा फुटबल एकेडेमी बनाउने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्