मुम्बई इन्डियन्स विजयी, किङ्स इलावन पञ्जाव ६ विकेटले पराजित • Image Khabar Image Khabar


मुम्बई इन्डियन्स विजयी, किङ्स इलावन पञ्जाव ६ विकेटले पराजित


Imagekhabar
२२ बैशाख २०७५, शनिबार ०७:०४

मुम्बई इन्डियन्स विजयी, किङ्स इलावन पञ्जाव ६ विकेटले पराजित

काठमाडौं, बैशाख २२ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ ।

किङ्स इलावेन पञ्जावलाई ६ विकेटले हराउँदै मुम्बईले अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।

इन्दोरमा भएको खेलमा जितका लागि पाएको १ सय ७५ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । मुम्बईलाई जिताउन सूर्यकुमार यादवले ५७ रन बनाए ।

कप्तान रोहित शर्मा २४ तथा क्रुणाल पाण्डे ३१ रनमा नट आउट रहे । इशान किशानले २५ तथा हार्दिक पाण्डेले २३ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो ।

उसका लागि क्रिस गेलले ४० बलमा ५० रन बनाए ।

लोकेश राहुल २४ रन बनाएर आउट भए भने मार्कस स्टोइनिस २९ रनमा नट आउट रहे । पञ्जाबका युवराज सिंहले १४ रन बनाउँदा रनआउट भए ।

यो जितपछि ९ खेलबाट ६ अंक बटुलेको मुम्बई पाँचौ स्थानमा उक्लिएको छ । पञ्जावको भने ८ खेलबाट १० अंक छ र ऊ चौथो स्थानमा कायम छ ।

प्रतिक्रिया दिनुहोस्