सुदूरपश्चिम–११ स्पोर्टस् क्लब धनगढीले ‘सुदूरपश्चिम महिला खप्तड गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । मंगलबार धनगढीमा पत्रकार सम्मेलनमार्फत् सो प्रतियोगिताबारे जानकारी गराइएको हो । प्रतियोगितामा मुलुकबाहिरका दुईसमेत गरी ८ ओटा टिमको सहभागिता रहने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका वरिष्ठ उपाध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए । उनले प्रतियोगिता हुने मिति छिट्टै सार्वजनिक गरिने बताए ।…