युवा लेग स्पीनर सन्दीपले आइसीसी विश्व–११ टिममा सम्मिलित भएर क्रिकेट खेल्न पाउने भएका हुन् । इंग्ल्यान्डको लर्डसमा वेस्ट इन्डिजविरुद्ध यही जेठ १७ गते विशेष सहयोगका लागि हुने ट्वेन्टी–२० च्यारिटी क्रिकेटमा सन्दीप खेल्ने निश्चित भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले बुधबार जनाएको छ । बंगलादेशी स्पीन बलर सकिब अल हसनले व्यक्तिगत कारण जनाउँदै नाम फिर्ता लिएपछि सन्दीपले…