
मस्को, असार ७ । विश्वकप फुटबल अन्तर्गत समूह ‘ए’ को खेलमा उरुग्वेले साउदी अरेबियालाई १–० ले पराजित गरेको छ ।
खेलमा उरुग्वेलाई जिताउन २३ औं मिनेटमा लुइस सुवारेजले निर्णायक गोल गरे ।
लगातार दोस्रो जितसँगै उरुग्वे प्रतियोगिताको दोस्रो चरण पुगेको छ ।
यसअघि समूहको पहिलो खेलमा उरुग्वेले इजिप्टलाई १–० ले पराजित गरेको थियो ।
समूह ‘ए’ बाट यसअघिनै रसियाले अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ ।
अब रसिया र उरुग्वेबीच हुने खेलले समूह बिजेताको टुंगो लगाउने छ । समूह ‘ए’ मा लगातार दोस्रो पराजय बेहोरेसँगै साउदी अरेबिया र इजिप्ट प्रतियोगिताबाट बाहिरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्