
काठमाडौं, असार ७ । विश्वकप फुटबलअन्तर्गत समूह सि को खेलमा डेनमार्क र अष्ट्रेलियाले १–१ गोलको बराबरी खेलेका छन् ।
खेलमा क्रिश्चियन एरिक्सनको गोलमार्फत डेनमार्कले अग्रता लिएपनि अष्ट्रेलियाका कप्तान जेनिकले पेनाल्टीमार्फत गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।
पहिलो खेलमा पेरुलाई हराएको डेनमार्कको आजको बराबरीसँगै समुहमा ४ अंक भएको छ ।
उता, पहिलो खेलमा फ्रान्ससँग हारेको अष्ट्रेलियाले १ अंक जोड्दै खाता खोलेको छ ।
बिश्वकप फुटबलअन्तर्गत आजै हुने दोस्रो खेलमा फ्रान्स र पेरु भिड्नेछन् ।
एकातेरिन्वर्ग एरिनामा नेपाली समय अनुसार राती पौने ९ वजे सुरु हुने खेल पेरुका लागि गर वा मरको अवस्थामा रहेको छ ।
आजै राती पौने १२ वजे अर्जेन्टिना र क्रोएसिया भिड्नेछन् ।
पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएको अर्जेन्टिना आज कुनै पनि हालतमा जितका लागि मैदानमा उत्रिनेछ ।
उता पहिलो खेलमा नाईजेरियालाई हराएको क्रोएसिया पनि लगातार दोस्रो जितका साथ राउण्ड अफ सिक्सटिनमा स्थान सरक्षित गर्ने अभियानमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्