
मस्को, असार ८ । उपाधि दाबेदार मानिएको फ्रान्स विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ ।
लगातार दोस्रो जित दर्ता गर्दै फ्रान्सले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।
गएराति भएको खेलमा फ्रान्सले पेरुलाई १–० ले पराजित गर्यो । खेलमा फ्रान्सलाई जिताउन ३४ औं मिनेटमा किलिएन एम्बाप्पेले गरेको गोल निर्णायक बन्यो ।
पेरुले खेल अवधिभर थुप्रै राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा पराजित हुनुपरेको हो ।
यसअघि समूह ‘सी’ को पहिलो चरणका खेलमा फ्रान्सले अष्ट्रेलियालाई २–१ ले पराजित गर्दा पेरु डेनमार्कसँग १–० ले हारेको थियो ।
लगातार दोस्रो हारसँगै पेरु प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतिक्रिया दिनुहोस्