२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


मोरक्कोमाथि पोर्चुगलको रोमाञ्चक जित, रोनाल्डो बने नायक


0
Shares

मस्को, असार ६ । रुसमा जारी विश्वकप फुटबलमा पोर्चुगलले पहिलो जित दर्ता गरेको छ । 

समूहको पहिलो खेलमा स्पेनसँग ३–३ गोलको बराबरी खेलेको पोर्चुगलले दोस्रो खेलमा मोरक्कोलाई १–० ले पराजित गरेको हो ।

पोर्चुगललाई जिताउन कप्तान क्रिश्चियानो रोनाल्डोले खेलको चौथो मिनेटमै गरेको गोल निर्णायक बन्यो । योसँगै रोनाल्डोले जारी विश्वकपमा २ खेलमा व्यक्तिगत गोलको संख्या ४ पुर्‍याएका छन् ।

पहिलो खेलमा स्पेनविरुद्ध रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

पोर्चुगलविरुद्ध खेल अवधिभर मोरक्कोले बलमाथि बढी नियन्त्रण कायम गरे पनि प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा पराजित हुन पुग्यो ।