२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


आहा ! रारा गोल्डकप भोलिदेखि, विजेतालाई ७ लाख


0
Shares

प्रतियोगिताको तयारी पूरा भएको आयोजक सहारा क्लबले जनाएको छ ।

उद्घाटन खेलमा आयोजक सहारा र सुदूरपश्चिम स्पोर्टिङ क्लब खेल्नेछन् ।

प्रतियोगितामा तीन विभागीय टिम–त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी, दुई विदेशी टिम–बरिन्धरा बंगलादेश र भारतको सिक्किम युनाइटेड, मोफसलका टिम–धरान फुटबल क्लब, झापा–११ र ‘ए’ डिभिजनको संकटा क्लब गरी १२ टोलीले भाग लिनेछन् ।

उपाधि विजेता टिमले ७ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले ३ लाख ५१ हजार पाउनेछ ।

भीआइपी प्यारापिट भत्काइएकाले यो वर्ष दर्शक भने खाली चौरमा बस्नुपर्ने भएको छ ।

यो वर्ष भाग्यमानी दर्शकले टीभी र स्कुटर पुरस्कार पाउनेछन् ।