आर्मी शानदार जितसँगै सेमिफाइनलमा • Image Khabar Image Khabar


आर्मी शानदार जितसँगै सेमिफाइनलमा


Imagekhabar
८ माघ २०७४, सोमबार १८:१३

आर्मी शानदार जितसँगै सेमिफाइनलमा

सोमबार इटहरी रंगशालामा भएको खेलमा पाहुना टोली भुटानको ड्रुक युनाइडेट एफसीलाई ५–० ले हराउँदै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

आर्मीको जितमा पदम तामाङ र दिनेश हेन्जेनले समान २/२ गोल गरे भने टंक बस्नेतले एक गोल गरे । पदम खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत् मंगलबार आयोजक जागृति क्लब इटहरी र भारतको गरिफा स्पोर्टिङ क्बलबीच खेल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्